Kathmandu Press

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ    

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ    

काठमाडौं, असोज ३१ : प्रहरीले तास खेलीरहेको अवस्थामा काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ । 

गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बललगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्