Kathmandu Press

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

गलेश्वर, असोज ३१ : म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ। ट्रयाक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार...
बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

गलेश्वर, असोज ३१ : म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ। 

ट्रयाक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो। विसं २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो ।

Hardik ivf

त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ। जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए। 

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा सय मी नयाँ ट्र्याक खोलिएको छ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्। यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए। सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए।
 

प्रकाशित मिति: १०:१५ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्