Kathmandu Press

मकवानपुरमा दुर्घटनामा दुईको मृत्यु

हेटौंडा-कुलेखानी-काठमाडौं सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ लामिबगरमा शनिबार दिउँसो भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
मकवानपुरमा दुर्घटनामा दुईको मृत्यु

मकवानपुर, असोज ३० : हेटौंडा-कुलेखानी-काठमाडौं सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ लामिबगरमा शनिबार दिउँसो भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

अपराह्न साढे तीन बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना१ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Hardik ivf

दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको छ । घाइतेमध्ये चारजनाको हेटौंडा अस्पताल, चारको काठमाडौं सानेपास्थित स्टार हस्पिटल र दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: २०:१५ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्