अग्निपीडितलाई राहत
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–८ का अग्निपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ।
इनरुवा, असोज ३० : सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–८ का अग्निपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउँपालिकाले अग्निपीडित इसराफिल अन्सारीको परिवारलाई राहत वितरण गरेको उपशाखा सभापति युवराज दाहालले जानकारी दिए ।
त्रिपाल एक, कम्बल दुई थान, भाँडावर्तन एक सेट, परिवारका सदस्यका लागि लत्ताकपडालगायत सामग्री प्रदान गरिएको हो । गएराति अन्सारीको गाई गोठमा आगलागी हुँदा तीन लाख ६४ हजार बराबरको क्षति भएको थियो ।
आगलागीमा चौपाया, गोठ र त्यहाँ रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन् । गाईवस्तुलाई लामखुट्टेबाट चाउन बालेको घुरबाट आगलागी भएको थियो ।
प्रकाशित मिति: १९:२६ बजे, शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












