Kathmandu Press

विभिन्न स्थानमा ६ जना मृत फेला

अलग-अलग ठाउँमा ६ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
विभिन्न स्थानमा ६ जना मृत फेला

काठमाडौं, असोज ३० : अलग-अलग ठाउँमा ६ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उदयपुर कटारी–२ माझीटोलस्थित कमला खोलामा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षका पुरुष शुक्रबार मृत फेला परेका छन् । यस्तै, सप्तरी हनुमाननगर कंकालिनी–१२ मसानघाटनजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ५० वर्षीया रितादेवी साह शनिबार मृत फेला परेकी छन् ।

Hardik ivf

दाङ घोराही उपमहानगरपालिका–३ स्थित गोग्ली सोता खोलामा नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष शनिबार मृत फेला परेका छन् । यस्तै, बैतडी, दशरथचन्द नगरपालिका–१० स्थित महाकाली नदी किनारमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षका पुरुष शनिबार मृत फेला परेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँ बस्ने ४६ वर्षीय रामप्रसाद तिवारी शनिबार मृत फेला परेका छन् । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका–७ बेलीका २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदीनजिक शनिबार मृत फेला परेका छन् ।

प्रकाशित मिति: १७:०४ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्