डुबेर दुईजनाको मृत्यु
सिन्धुली दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ की २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, असोज ३० : सिन्धुली दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ की २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेकी उनको उपचारका लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
यस्तै, रुपन्देही देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका–४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
प्रकाशित मिति: १६:५६ बजे, शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












