मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी
सुर्खेत, साउन २३ : भर्ना शुल्क बृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्।
सुर्खेत, साउन २३ : भर्ना शुल्क बृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्।
विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि गर्दै आएको छ। विद्यार्थी संगठनहरू भने त्यसलाई खारिद गर्नु पर्ने माग गरेका छन्।
विश्वविद्यालयले विद्यार्थीको माग सुनुवाइ नगरेपछि स्वतन्त्र विद्यार्थी यूनियनसहित विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।
उनीहरूले उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेका छन्। माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष झक्क शाहीले बताए।
शुल्क बृद्धि खारेजसँगै स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी सङ्गठन र इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेका छन्।

-1784896419.png)









