Kathmandu Press

प्रा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, असोज ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख...
प्रा. श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
Hardik ivf

काठमाडौं, असोज ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्। 

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खवरले आफू अत्यन्तै मर्माहित भएको बताएका हुन्।

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन्। 
 

प्रकाशित मिति: १४:३१ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्