ट्यांकरको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं, असोज ३० : बाराको जितपुरसिमरा उपमहानगरपालिमा ट्यांकरले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। भोलहीमा गए राति भएको दुर्घटनामा कार चालक भारतीय...
काठमाडौं, असोज ३० : बाराको जितपुरसिमरा उपमहानगरपालिमा ट्यांकरले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
भोलहीमा गए राति भएको दुर्घटनामा कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कारमा सवार अन्य दुईजनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक मध्ये अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको भने ठेगाना खुल्न बाँकी नै रहेको छा।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।
प्रकाशित मिति: १३:४१ बजे, शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












