Kathmandu Press

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज अस्वीकार्यः कांग्रेस

काठमाडौं, साउन २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज अस्वीकार्य हुने बताएको छ। 

....

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति जारी गरी कर्मचारीको ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै स्वीकार्य नहुने उल्लेख गरेका छन्। उनले ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य नहुने पनि बताएका छन्।

‘ट्रेड युनियन खारेजसम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई कांग्रेस संसदीय दल सचेत गर्दछ,’ खाँणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुबीच ट्रेड युनियनलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने विषयमा मत बाझिएको थियो।

बैठकमा कांग्रेसका सांसदहरुले ट्रेड युनियन खारेज गर्न नहुने धारणा राखेका थिए।
 
प्रकाशित मिति: १९:१७ बजे, बुधबार, साउन २२, २०७६