Kathmandu Press

भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

भादगाउँ, असोज २९ : विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त...
भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

भादगाउँ, असोज २९ : विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ। 

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ।

पूजा सकिएपछि सुजमारीमा भक्तजनलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पुर्‍यउएर जात्रा सम्पन्न गर्ने गरिन्छ। 

बडादसैंको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ।

पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, असोज २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्