मन्त्री श्रेष्ठद्वारा क्यान्सर पीडितलाई सहयोग
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।.jpg)
काठमाडौं, असोज २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगतरुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले स्थानीय संघसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: ०८:५० बजे, शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












