यसरी निभाइयो सुविसुको कार्यालयमा लागेको आगो (फोटो फिचर)
काठमाडौं, साउन २२ : इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
ग्....

काठमाडौं, साउन २२ : इन्टरनेट तथा केबुल सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
ग्यास लिक भएर बुधबार दिउँसो पौने १ बजेतिर लागेको आगो दुई घण्टापछि पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट सुविसुको कार्यालय जलेर क्षतिग्रस्त भएको छ भने केबुल तथा महत्वपूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र सातवटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।
आगलागीबाट कति मूल्य बराबरको क्षति भयो भन्नेबारे एकिन भइसकेको छैन।





प्रकाशित मिति: १६:४४ बजे, बुधबार, साउन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









