Kathmandu Press

कास्की माछापुच्छ्रे गाउँपालिकाको भवन निर्माण धमाधम

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण धमाधम भइरहेको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण भइरहेको छ।
कास्की माछापुच्छ्रे गाउँपालिकाको भवन निर्माण धमाधम
Hardik ivf

कास्की, असोज २८ : कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण धमाधम भइरहेको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण भइरहेको छ ।

पाँच  स्थानीय तह रहेको कास्कीमा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको हो । कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुंगो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन् ।

माछापुच्छ«ेले गाउँपालिकाको केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटनमा १० रोपनी क्षेत्रफलको जमिनमा ६ करोड ६२ लाख ११ हजार रुपैयाँ बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ । गाउँपालिकाका सब–इन्जिनियर राजेन्द्र गौतमका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ । आगामी मंसिरभित्र सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ ।

प्रकाशित मिति: ११:०५ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्