Kathmandu Press

खोटाङमा लोहोकिल पार्क निर्माण

खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ।
खोटाङमा लोहोकिल पार्क निर्माण

खोटाङ, असोज २८ : खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क निर्माण गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी २४ लाख २९ हजार ७०६ रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो ।

विसं २०१६ मा बनाइएको पुरानो पोखरी सिम्पानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा पार्क बनाइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । ‘सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुरिनाका साथै पोखरीछेउको जोडी वरपीपलको ठूलो रुख ढालिएको थियो,’ उनले भने, ‘ऐतिहासिकस्थल लोहकिलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पुरिएको पोखरीलाई पुनर्जीवन दिन बीचमा राखिएको ढुंगाको आकृतिबाट पानीको फोहोरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।’

पार्क निर्माण क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको सात लाख ५० हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, उपभोक्ता समितिबाट दुई लाख ५० हजार ५८१ रुपैयाँबराबरको श्रमदान जुटाइएको थियो।

प्रकाशित मिति: ०९:११ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्