बालुवाटार जग्गा प्रकरणका दोषी उम्किन पाउँदैनन्ः मन्त्री अर्याल
काठमाडौं, साउन २२ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरण ओझेलमा नपर्ने दाबी गरेकी छ....

काठमाडौं, साउन २२ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललिता निवास जग्गा प्रकरण ओझेलमा नपर्ने दाबी गरेकी छिन्।
उनले तीन वटा निकायबाट छानविन तथा अनुसन्धानको काम भइरहेकाले सरकारले बालुवाटार जग्गा प्रकरणलाई ओझेलमा नपार्ने बताएकी हुन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री अर्यालले अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीन वटै निकायले आ–आफ्नो ढंगले काम गरिरहेको बताइन्। ‘सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं। त्यही भएर अलिक समय लागेको हो। अब धेरै लामो समय जाँदैन,’उनले भनिन्।
उनले जग्गा प्रकरणमा कारबाहीका लागि केही ढिलाइ भएपनि दोषीहरु नउम्किने दाबी गरिन्। उनले भनिन्,‘जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ।’
मन्त्री अर्यालले नेपालका सीमा स्तम्भबारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको बताइन्।

-1784896419.png)









