Kathmandu Press

दशैं अवधिमा उपत्यकामा ४० लाख केजी मासु बिक्री हुने अनुमान

१५ लाख केजी खसीबोका र २५ लाख केजी राँगाको मासु बिक्री हुने अनुमान। गत वर्ष दशैंमा दश लाख केजी खसीबोका र २० लाख केजी राँगाको मासु बिक्री भएको थियो।
दशैं अवधिमा उपत्यकामा ४० लाख केजी मासु बिक्री हुने अनुमान

काठमाडाैं, असाेज २८ : उपत्यकामा दशैं अवधिमा ४० लाख केजी मासु बिक्री हुने अनुमान गरिएको छ। जसमा १५ लाख केजी खसीबोका र २५ लाख केजी राँगाको मासु बिक्री हुने अनुमान गरिएको राष्ट्रिय माछामासु व्यवसायी संघले जनाएको छ।

गत वर्ष दशैंमा दश लाख केजी खसीबोका र २० लाख केजी राँगाको मासु बिक्री भएको संघको भनाइ छ।

संघका अध्यक्ष रमेश खड्गीका अनुसार, दैनिक एक लाख ६० हजार केजी खसीबोकाको मासु बिक्री हुन्छ। दशैं अवधिमा खसीबोका र राँगाको मासु  धेरै बिक्री हुने उनले जानकारी दिए। ‘उपत्यकामा पनि सबैभन्दा धेरै मासु काठमाडौंमा बिक्री हुन्छ,’ उनले भने।

Hardik ivf

काठमाडौंमा दशैं अवधिभर ८ लाख केजी खसीबोकाको मासु बिक्री हुने अनुमान गरिएको छ। ललितपुर जिल्लामा चार लाख केजी र भक्तपुरमा तीन लाख केजी मासु बिक्री हुने अनुमान गरिएको अध्यक्ष खड्गीको भनाइ छ।

‘यसपटक उपत्यका बाहिरिने मानिस कम भएका कारण गत वर्षभन्दा थप मासु बिक्री हुने अनुमान गरिएको हो,’ उनले भने, ‘दैनिक बिक्री हुने भन्दा चाडपर्वमा खसीबोकाको मासु धेरै बिक्री हुन्छ।’

उपत्यकामा खसीको मासु १२–१३ सय रुपैयाँ केजी शुल्क तोकिएको छ। बोसो, आन्द्राभँुडी मिसाएको र नमिसाएको मासुको मूल्य फरक हुने उनले बताए। ‘राँगाको मासु पनि अन्य बेला भन्दा दशैंका बेला बढी बिक्री हुन्छ। नेवार, मगर, गुरुङ समुदायले राँगाको मासु खाने गरेको पाइन्छ भने ब्राह्मण सुमदायले खसीको मासु खान्छन्,’ उनले थपे, ‘उपत्यकामा ब्राह्मण, नेवार, गुरुङ, मगर लगायत धेरै जातका मानिस बस्छन्।’

संघका अध्यक्ष रमेश खड्गीका अनुसार गत वर्ष २० लाख केजी राँगाको मासु बिक्री भएको थियो। ‘यसपटक ५ लाख थप मासु बिक्री हुने अपेक्षा छ,’ उनले भने, ‘दैनिक १० देखि १२ लाख केजी राँगाको मासु बिक्री हुन्छ।’

उनका अनुसार, राँगाको मासु प्रतिकिलो पाँच सय रुपैयाँ मूल्य तोकिएको छ।

 

प्रकाशित मिति: १०:३३ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्