Kathmandu Press

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

सल्यान, असोज २७ : मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर...
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
Hardik ivf

सल्यान, असोज २७ : मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ। 

प्रकाशित मिति: १९:४६ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्