Kathmandu Press

कांग्रेस सांसदको आरोप-खानेपानीमन्त्री र सचिवका कारण मेलम्ची काठमाडौं आइपुगेन

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले खानेपानी मन्त्री विना मगर र मन्त्रालयका सचिवका कारण राजधानीबासीले मेलम्....

कांग्रेस सांसदको आरोप-खानेपानीमन्त्री र सचिवका कारण मेलम्ची काठमाडौं आइपुगेन

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन) ले खानेपानी मन्त्री विना मगर र मन्त्रालयका सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी गरेका हुन्।

‘काठमाडाैं जस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौं। म दुःखका साथ भन्न चाहन्छु कि  हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औं वर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईँका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन। मुखमा आएको गाँस सचिव र तपाईँका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन मन्त्रीज्यू यसमा तपाईँले प्रष्ट पार्नु होला। राजधानीबासी काकाकुल छन्,’ उनले भने।

एक गाग्री पानीका लागि अहिले पनि कीर्तिपुरनगरवासीहरु बिहानैदेखि छट्पटाएर हिड्ने गरेको भन्दै सांसद केसीले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए। उनले पानीको मुहान संरक्षण र स्रोत विस्तारका सवालमा विस्तृत अध्ययन गर्नु जरुरी रहेको बताए।
 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, साउन २२, २०७६