Kathmandu Press

मृत अवस्थामा पाँचजना फेला

मृत अवस्थामा पाँचजना फेला

काठमाडौं, असोज २७ : मुलुकका विभिन्न स्थानमा पाँचजना मृत अवस्थामा फेला परेका छन्।

रुपन्देही, बुटवल उपमहानगरपालिका–१० अभियानपथस्थित बाटोको साईडमा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Hardik ivf

सुनसरीका बराहक्षेत्र नगरपालिका(७ सोमबारे बस्ने ४५ वर्षीया सुजता मगर बिष्ट आफ्नै घरको कोठाभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 

तनहुँको भिमाद नगरपालिका–२ थुम्सी बस्ने २८ वर्षीय लक्ष्मण नेपाली सोही नगरपालिका–२ मुडुले चौतारास्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका(१ अबिधारा बस्ने ६० वर्षीय फर्सराम पुन आफ्नै घर नजिकै सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

सुर्खेतको भेरीगंगा नगरपालिका(२ खोचे खोलास्थित भेरी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्