हत्या आरोपमा सिन्धुलीमा दुईजना पक्राउ
काठमाडौं, असोज २७ : सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको आरोपमा दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा...
काठमाडौं, असोज २७ : सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको आरोपमा दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन्।
फुलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरुले बिक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र बिक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:२९ बजे, बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












