Kathmandu Press

मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु

जलेश्वर, असोज २७ : महोत्तरीको बर्दिबासमा मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको...
मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु

जलेश्वर, असोज २७ : महोत्तरीको बर्दिबासमा मोटरसाइकल जुध्दा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो।

Hardik ivf

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महतोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ रहेको प्रहरीले जनाएको छ।

महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२प ०५९७ नम्बरको मोटरसाइकल मंगलबार राति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज१२ प२९६१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुबैजनाको मृत्यु भएको हो। 

महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मंगलबार राति नै मृत्यु भएको हो।

सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्