पर्यटनमन्त्री भट्टराईले गरे ‘उड्डयन स्कुल’ खोल्ने घोषणा
काठमाडौं, साउन २२ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ यो....

काठमाडौं, साउन २२ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन्।
मन्त्री भट्टराईले देशभित्रै पाइलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको पनि स्पष्ट पारे।
बुधबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टराईले ५० लाखभन्दा बढी खर्च गरेर पाइलट पढ्न विदेश जानुपर्ने अवस्था रहेकाले कम खर्चमै देशभित्रै पाइलट अध्ययनको व्यवस्था गर्न विद्यालय स्थापना गर्ने योजना बनाएको बताए।
त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ। मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाइलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास पनि व्यक्त गरे।
मन्त्री भट्टराईले उड्डयन विद्यालय स्थापना सम्बन्धी विस्तृत योजना केही दिनभित्रै ल्याउने घोषणा पनि गरेका थिए।

-1784896419.png)









