Kathmandu Press

विपन्न परिवारलाई दसैं खर्च

अतिविपन्न र दसैं मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ।
विपन्न परिवारलाई दसैं खर्च

कास्की, असोज २७ : अतिविपन्न र दसैं मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ।

कास्की सामाजिक अभियान, जापानमार्फत संकलित रकमबाट दसैं मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुनलगायत सामग्री सहयोग गरिएको हो । पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो।

Hardik ivf

पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत सामग्री मंगलबार हस्तान्तरण गरिएको हो । प्रत्येक वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको उनले जानकारी दिए ।

यसअघि अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि समेत सहयोग रकम पठाइएको थियो तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी आएपछि उक्त रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताए ।

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, असोज २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्