Kathmandu Press

टर्कीसँग शून्य लागतमा श्रम सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं, साउन २२ : सरकारले टर्कीसँग शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता गर्ने तयारी गरेको छ। त्यसका लागि श्रम तथा रोजगार मन्त्रालयले टर्....

टर्कीसँग शून्य लागतमा श्रम सम्झौता गर्ने सरकारको तयारी
एजेन्सी

काठमाडौं, साउन २२ : सरकारले टर्कीसँग शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता गर्ने तयारी गरेको छ। त्यसका लागि श्रम तथा रोजगार मन्त्रालयले टर्की सरकारलाई सम्झौताको मस्यौदा पठाउने गृहकार्य थालेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले टर्कीसँग सम्झौता भए शून्य लागतमा हुने बताए। तर, यसबारे आन्तरिक छलफल र मस्याैदालाई अन्तिम रूप दिने काम भने जारी नै रहेको उनले बताए। 

Hardik ivf

गत जेठमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा जेनेभामा भएको सम्मलेलनका क्रममा टर्कीले नेपालसँग श्रम समझदारी गरी कामदार लैजान इच्छा देखाएको थियो। श्रम मन्त्रालयका अनुसार नेपाली कामदार टर्की पठाउँदा रोजगारदाताले नै लागत शुल्क व्यहोर्नु पर्ने व्यवस्था समझदारीमा समेटिने छ।

श्रम सम्झौताको मस्यौदा कामदारको उचित पारिश्रमिक, सेवासुविधा र सामाजिक सुरक्षाको समेत ग्यारेन्टी हुने गरी तयार पारिएको जनाएको छ। 

श्रममन्त्री भएपछि गोकर्ण विष्टले मलेसिया, जापान, यूएई, कतारलगायतसँग श्रम सम्झौता गरेका छन्। तैपनि मलेसिया, जापान र यूएईलगायतका मुलुकमा कामदार शून्य लागतमा जान सकेका छैनन्।

सम्झौता हुने वितिक्कै कुनै पनि देशमा तत्कालै कामदार जान नपाउने श्रम मन्त्रालयका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले बताए। ‘सरकारले श्रम सम्झौता गर्नु भनेको कामदारको कामको ग्यारेन्टी, कामदारको भविष्यबारेमा गरेको निर्णय मात्र हो,’ पूर्वसचिव भट्टराईले भने, ‘त्यसका लागि आन्तरिक प्रक्रिया पुर्‍याउनु पर्छ।’

प्रकाशित मिति: १७:११ बजे, बुधबार, साउन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्