Kathmandu Press

करेन्ट लागेर तीन जनाको मृत्यु 

काठमाडौं, असोज २६ : चितवनको भरतपुर महानगरपालिका १४ शिबनगरमा घरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय कृष्ण पौडेलको...
करेन्ट लागेर तीन जनाको मृत्यु 

काठमाडौं, असोज २६ : चितवनको भरतपुर महानगरपालिका १४ शिबनगरमा घरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय कृष्ण पौडेलको घरमा वल्डिङ गर्ने क्रममा २३ वर्षीय अनिल सिंखडाको सोमबार दिउँसो मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Hardik ivf

त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका ४ बेलौलीमा दुई वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय मुस्तफा बेहनाको छोरा २ वर्षीय हस्मेन बेहनाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो। 

आफ्नै घरमा रहेको ईलेक्ट्रिक तराजुको तारमा समाउदा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
 
त्यस्तै, कैलाली, जोसीपुर गाउँपालिका ४ लालपुर बाणिमा एक पुरुषको करेन्ट लागेको कारण मृत्यु भएको छ। 
 
छिमेकीको घरमा वत्ती बनाउने क्रममा २६ वर्षीय शंकर चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्