Kathmandu Press

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, असोज २६ : टोखा नगरपालिका ११ वमप्लाजाबाट अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिन्धुलीको दमौली घर भएका ३५ वर्षीय यादव...
अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, असोज २६ : टोखा नगरपालिका ११ वमप्लाजाबाट अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिन्धुलीको दमौली घर भएका ३५ वर्षीय यादव कार्कीसहित तीन जनालाई करिब ८४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, नेपाली नगद ४४ हजार ६ सय र भारतीय नगद ४ हजार ९ सयसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्