सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा (अपडेट)
काठमाडौं, साउन २२ : बालुवाटारस्थित सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको द....
काठमाडौं, साउन २२ : बालुवाटारस्थित सुविसु कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको दमकलको टोलीले आगो नियन्त्रणमा लिएको हो। आगो नियन्त्रण लिन झण्डै ४५ मिनेट लागेको प्रहरीले जनाएको छ।
ग्यास लिक भएर आगलागी भएको प्रारम्भीक अनुमान गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बताए।
प्रकाशित मिति: १३:२३ बजे, बुधबार, साउन २२, २०७६
थप समाचार






