Kathmandu Press

शुष्मा स्वराजको निधनमा प्रधानमन्त्रीको समवेदना

काठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकी वरिष्ठ नेतृ एवं पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बत....

शुष्मा स्वराजको निधनमा प्रधानमन्त्रीको समवेदना

काठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकी वरिष्ठ नेतृ एवं पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्।

सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन्।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वविदेशमन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले दिवङ्गत नेतृलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन्।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, साउन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्