Kathmandu Press

लडेर गम्भीर घाइते भएकालाई हेलिकोप्टरबाट उद्धार

रसुवा, असोज २६ : दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भीर घााइते भएका एक व्यक्तिको उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। नुवाकोट जिल्ला...
लडेर गम्भीर घाइते भएकालाई हेलिकोप्टरबाट उद्धार

रसुवा, असोज २६ : दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भीर घााइते भएका एक व्यक्तिको उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ। 

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएको थिए।

Hardik ivf

टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारका लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ।

उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए। 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्