Kathmandu Press

पारसले चाँडै ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ खाेल्दै

काठमाडौं, असोज २६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्।उनले आज (मंगलबार) सामाजिक सञ्जालमा छिट्टै क्रिकेट एकेडेमीको सुरूआत...
पारसले चाँडै ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ खाेल्दै

काठमाडौं, असोज २६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन्।

उनले आज (मंगलबार) सामाजिक सञ्जालमा छिट्टै क्रिकेट एकेडेमीको सुरूआत गर्ने जानकारी दिँदै त्यस एकेडेमीको नाम ‘क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको उल्लेख गरेका छन्।

सपनालाई विपना बनाउने भन्दै उनले सामाजिक सञ्जालमा ‘क्रिकेट एक्सिलेन्स सेन्टर’को लोगो सेयर गरेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास गत साउनमा लिएका खड्काले अहिलेका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर एकेडेमी खोल्न लागेका हुन्।

संन्यासका क्रममा पत्रकार सम्मेलन गरेर उनले आफ्नो पहिलो प्राथमिकता क्रिकेट एकेडेकी खोल्ने बताएका थिए।

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्