Kathmandu Press

विंगरले मोटरसाइकललाई ठक्कर दिँदा १२ घाइते

धनगढी, असोज २६ : धनगढीबाट टीकापुर गइरहेको विङ्गरले कैलालीमा मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा से१ज ११०५...
विंगरले मोटरसाइकललाई ठक्कर दिँदा १२ घाइते

धनगढी, असोज २६ : धनगढीबाट टीकापुर गइरहेको विङ्गरले कैलालीमा मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा से१ज ११०५ नम्बरको विङ्गरले से६प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सवार ११ र मोटरसाइकल चालक घाइते भएका हुन्। 

Hardik ivf

घाइते मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का लक्ष्मण चौधरी हुन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ।

घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्