Kathmandu Press

बलात्कार आरोपमा ललितपुरमा एकजना पक्राउ 

ललितपुर, असाेज २६ : ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल...
बलात्कार आरोपमा ललितपुरमा एकजना पक्राउ 

ललितपुर, असाेज २६ : ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेको प्रहरीले जनाएको छ। 

Hardik ivf

सत्यालले महिलालाई घर बनाउने काममा लगाएको र  सोह िक्रममा जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि प्रहरी चौकी टीकाभैरवबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्