इ-फार्मको खसी मेला: घर-घरमै खसी
काठमाडौं, असोज २५ : दशैं तिहारलाई लक्षित गरि इ-फार्मले खसी मेला सुरु गरेको छ। ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैले रोजेर खसी,...
काठमाडौं, असोज २५ : दशैं तिहारलाई लक्षित गरि इ-फार्मले खसी मेला सुरु गरेको छ। ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने जनाईएको छ ।
यसका साथै इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् । उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन्।
असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ। इ-फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्रि सुरु गरिएको बताइएको छ । उपभोक्ताको माग अनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ ।
ई फार्मको वेबसाईट www.efarm.live बाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ। धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा इ फार्ममा पाइने छन् ।
करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ ।












