ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु
मृत्यु हुनेमा काभ्रे घर भएका केशव परियारका चार वर्षीय छोरा आयुस छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको हो ।
चितवन, असोज २५ : खैरहनी नगरपालिका–२ स्थित अनमोल इँटा उद्योगभित्र रोकिराखेको ना३त ७५१ नम्बरको ट्र्याक्टरमा चडी खेल्ने क्रममा गुड्न जाँदा सोही इँटाभट्टामा काम गर्ने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भएका केशव परियारका चार वर्षीय छोरा आयुस छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको हो ।
ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:०३ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार