तास खेलिरहेका नौजना पक्राउ
प्युठान नगरपालिका–४ जुम्रीस्थित ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका नौजना पक्राउ परेका छन् ।
प्युठान, असोज २५ : प्युठान नगरपालिका–४ जुम्रीस्थित ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका नौजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २४ वर्षीय सतिश केसीलगायत छन् । सोमबार बिहान इलाका प्रहरी कार्यालय बिजुवारको टोली उनीहरूलाई एक लाख ६५ हजार २६५ रुपैयाँ, तीन गड्डी तास, सात थान मोबाइल र ६ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: १७:५७ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












