जबर्जस्ती करणी अभियोगमा पक्राउ
३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा वागमती गाउँपालिका–१ घुसेलका ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर, असोज २५ : ३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा वागमती गाउँपालिका–१ घुसेलका ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई घर बनाउने काम दिलाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबर्जस्ती करणी गरेको खुलेको छ । प्रहरी चौकी टीकाभैरवको उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:५३ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












