Kathmandu Press

चाडपर्वमा चनाखो भई जिम्मेवारी वहन गरौँ : प्रहरी महानिरीक्षक क्षत्री

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बडादसैं, दीपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराध र सवारी दुर्घटना न्यूनीकरणतर्फ लाग्न मातहतका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
चाडपर्वमा चनाखो भई जिम्मेवारी वहन गरौँ : प्रहरी महानिरीक्षक क्षत्री

काठमाडौं, असोज २५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बडादसैं, दीपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराध र सवारी दुर्घटना न्यूनीकरणतर्फ लाग्न मातहतका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फरेन्समार्फत महानगरीय प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई महानिर्देशक क्षत्रीले त्यस्तो निर्देशन दिएका हुन् ।

Hardik ivf

जुवातास र मादक पदार्थ सेवनका कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गर्न उनले निर्देशन दिए ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामुहिक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उनले निर्देशन दिए ।

हिरासत कक्षको सुरक्षामा कार्यालय प्रमुख आफैँ चनाखो भई व्यवस्थापन गर्न उनले निर्देशन दिए । यस्तै, सीमा क्षेत्रमा हुने चोरी, तस्करी, लुटपाटजस्ता घटनामा सीमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न पनि उनले निर्देशन दिए ।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्