Kathmandu Press

जनताको हितका लागि दलहरू एक ठाउँमा उभिनैपर्छ : नेम्वाङ

काठमाडौं, असोज २५ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निष्कर्षमा...
जनताको हितका लागि दलहरू एक ठाउँमा उभिनैपर्छ : नेम्वाङ

काठमाडौं, असोज २५ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निष्कर्षमा पुग्न आवश्यक रहेको बताएका छन्। 

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुरुङको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली जनताको लामो संघर्ष र बलिदानका उपलब्धिलाई कमजोर हुन नदिन राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।

Hardik ivf

पूर्वउपसभामुुख नेम्वाङले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफलका माध्यमबाट सहमतिमा पुगेर निकास दिनु हो, मुलुक र जनताको हितका लागि दल एक ठाउँमा नउभिइ सुखै छैन, उभिनैपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहबिना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुग्न हुुन्न भनी सशक्त मत राख्ने स्व। गुरुङ मिलनसार, प्रखरवक्ता र सिद्धान्तनिष्ठ नेता रहेको बताए।
 
उनले भने, ‘लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानुनी राज्यको उपहास भइरहेको छ।’

जनआन्दोलन २०६२/६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसदमा राप्रपा संसदीय दलका नेता गुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्त रूपमा राखेको वक्ताहरुले स्मरण गरे।

सोही दलका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरुपता कायम राख्दै राजनीति मूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व. गुरुङ सबैसँग मित्रता र बन्धुत्व कायम गर्न सक्ने क्षमतावान नेता रहेको बताए।

वर्तमान शासनप्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व गुुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुझाव र्दिए। अर्वुद्ध रोगको उपचारका क्रममा उनको केही वर्षअघि निधन भएको थियो।

प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्