पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल एक रूपैयाँ महँगो
काठमाडौं, साउन २२ : नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका अनुसार, साविकको खुद्रा विक्री मूल्यमा पेट्रोलमा....

काठमाडौं, साउन २२ : नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमका अनुसार, साविकको खुद्रा विक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५० पैसा मूल्य बढाएको हो। खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटाइएको छ।
जसअनुसार काठमाडौंको थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्रमा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ।
त्यस्तै, खाना पकाउने ग्यास खुद्रा बिक्री मूल्य काठमाडौंमा एक हजार तीन सय ७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ।
हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५-७६ मा एलपी ग्यासमा करीब ६ अर्ब नोक्सानी ब्यहोरेको थियो। जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था नभएको निगमले जनाएको छ।
मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

-1784896419.png)









