एक हजार नेपाली सहयोगी कामदार चुन्दै इजरायली दूतावास
काठमाडौं, असोज २५ : इजरायल दूतावासले सोमबार एक हजार नेपाली सहयोगी कामदार चुन्दैछ।करिब नौ हजारभन्दा बढीको आवेदन, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट छानिएका १६ सयमध्ये...
काठमाडौं, असोज २५ : इजरायल दूतावासले सोमबार एक हजार नेपाली सहयोगी कामदार चुन्दैछ।
करिब नौ हजारभन्दा बढीको आवेदन, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट छानिएका १६ सयमध्ये एक हजार कामदार चिठ्ठा प्रक्रियाबाट छानिंदैछन्।
इजरायका राजदूत हनान गोदर भन्छन्, ‘लामो प्रयास र एक वर्षको प्रक्रियापछि आज एक हजार चुनिंदैछन्। यसरी चुनिएका कामदारहरूले पासपोर्ट मात्रै आफ्नो खर्चले बनाउन पर्ने हुन्छ। भिसा, टिकटलगायत सबै खर्च दुतावासले बेहोरिदिन्छ।’
इजरायल सरकार र नेपाल श्रम विभागको प्रयासबाट सो सम्भव भएको हो। पहिलो पटक भएको यस प्रकारको प्रक्रियाबाट नेपाली श्रमिकहरूले म्यानपावर लगायत अन्य बिचौलियाबाट ठगिने नपर्ने देखिएको छ।
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












