Kathmandu Press

मासु व्यवसायीकाे हत्या घटनाले झापामा त्रास

झापा, असोज २५ : जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ।अर्जुनधारा नगरपालिका-६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको...
मासु व्यवसायीकाे हत्या घटनाले झापामा त्रास

झापा, असोज २५ : जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ।

अर्जुनधारा नगरपालिका-६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ। 

Hardik ivf

बङ्गुर फ्रेस हाउस चलाउँदै आएका उनको घाँटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ। 

परिवारले उनको साथमा २ लाख रकम भएको जनाएको छ। परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरेका थिए।

सोही पैसा लुट्न उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ। 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्