Kathmandu Press

काठमाडौं महानगरपालिकाको ८ तले प्रशासनिक भवन शिलान्यास

काठमाडौं, असोज २५ : काठमाडौं महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण सुरु गरेको छ। भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास...
काठमाडौं महानगरपालिकाको ८ तले प्रशासनिक भवन शिलान्यास

काठमाडौं, असोज २५ : काठमाडौं महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण सुरु गरेको छ। भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास गरेका हुन्। 

नगर प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार करिब छ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० गाडी र ८० मोटरसाइकलका लागि पार्किङको व्यवस्था छ। महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढङ्गबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए।

भवनको प्रत्येक तल्लामा कार्यालय, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवम् कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ। त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरी आपतकालिन मार्ग तथा सुरक्षित भ¥याङ रहने छन्। 

Hardik ivf

त्यसैगरी आकाशे पानी सङ्कलन तथा पर्याप्त फिल्टरेशन प्रणालीसहितको रिचार्ज पिट समावेश गरिएको पनि उक्त भवनमा रहने छ। भवनको जमिन तलादेखि सातौँ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा ३०० क्षमताको बैठक हल निर्माण गरिने छ। 

भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ। अपाङ्गता भएका र जेष्ठ नागरिकका लािग १० जना क्षमताका दुई लिफ्ट रहेने बताइएको छ। यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ। भवन निर्माणको लागत रु  ६९ करोड ५८ लाख १९ हजार ३५९ छ।  

कमपाको सेवा पाँच स्थानबाट 

हाल कामपामा १३ विभाग छन्। तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन। भूकम्पअघि हरिभवनबाट आफ्ना सबै सेवा प्रदान गर्दै आएको महानगरपालिकाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । महानगरको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ। 

भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको महानगरका केही विभाग सुन्धारामा नै रहेको जेडिए कम्प्लेक्समा छन्। त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन्।

त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन्। त्यस्तै नगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन्।

महानगरका सूचना अधिकारी आचार्यका अनुसार नागरिकलाई सास्ती दिने उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताए। टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही एक महीनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरिएका हुन्। रासस
 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्