भारतीय पूर्वविदेशमन्त्री स्वराजको निधन
काठमाडौं, साउन २२ : भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मास्वराजको निधन भएको छ।
६७ वर्षिय स्वराजको मंगलबार रा....

काठमाडौं, साउन २२ : भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मास्वराजको निधन भएको छ।
६७ वर्षिय स्वराजको मंगलबार राती हृदयघातका कारण निधन भएको हो।
उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर उनको उपचारकैक्रममा निधन भएको हो ।
स्वराजको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै समवेदना ट्वीट गरेका छन्।
प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, साउन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









