Kathmandu Press

विभिन्न स्थानमा तीनजना मृत फेला 

काठमाडौं, असोज २५ : रुपन्देही, झापा र धनुषाका विभिन्न स्थानमा तीनजना मृत फेला परेका छन्।कोटहिमाई गाउँपालिका–६ फुलवरीयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी २७...
विभिन्न स्थानमा तीनजना मृत फेला 

काठमाडौं, असोज २५ : रुपन्देही, झापा र धनुषाका विभिन्न स्थानमा तीनजना मृत फेला परेका छन्।

कोटहिमाई गाउँपालिका–६ फुलवरीयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी २७ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । 

Hardik ivf

झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा बंगुर फ्रेस हाउस सञ्चालन गरी बस्ने सोही नगरपालिका–६ कप्तानबारी घर भएका ५० वर्षीय इन्द्र मगर सोही फ्रेस हाउसभित्र आइतबार मृत अवस्थामा फेला परेका छन्। 

धनुषाको कमला नगरपालिका–३ पर्सा टोल बस्ने ५५ वर्षीय नागे साह सुडी सोही नगरपालिका–३ लग्मा नहरमा आइतबार मृत अवस्थामा फेला परेका छन्। 

डडेल्धुराको पर्शुराम नगरपालिका–५ परीगाउँ बस्ने १९ वर्षीय पदमनाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन्। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्