Kathmandu Press

मोतीपुर घटना : घाइते चार प्रहरीलाई थप उपचार गर्न काठमाडौं ल्याइयो

काठमाडौं, असोज २५ : आइतबार बुटवलको मोतीपुरमा भएको झडपमा घाइते भएका चार प्रहरीलाई काठमाडौं ल्याइएको छ।उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं...
मोतीपुर घटना : घाइते चार प्रहरीलाई थप उपचार गर्न काठमाडौं ल्याइयो

काठमाडौं, असोज २५ : आइतबार बुटवलको मोतीपुरमा भएको झडपमा घाइते भएका चार प्रहरीलाई काठमाडौं ल्याइएको छ।

उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बस्नेहहरूलाई हटाउन खोज्दा झडप भएको थियो।

Hardik ivf

उपचारका लागि काठमाडौं ल्याइएकाहरुमा नेपाल प्रहरीका जवानद्वय जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका साहयक हवल्दार खुसीराम चौधरी र हवल्दार तिलक धामी छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरी अस्पतालमा उनीहरुको उपचार भइरहेको छ।

आइतबार करिब दुई घन्टा भएको झडपमा चारजना सर्वसाधारणको मृत्यु भएको थियो। झडपमा ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए।
अर्को आदेश जारी नभएसम्मका लागि स्थानीय प्रशासनले मोतीपुर क्षेत्रमा कर्फ्यु लगाएको छ।

जग्गा कब्जा गर्नेहरूले प्हरीमाथि ढुंगामुढासँगै प्रेट्रोल बम प्रहार गरेपछि प्रहरीले पनि गोली हानेको जनाइएको छ।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्