Kathmandu Press

सोलुखुम्बुका अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे

सोलुखुम्बु, असोज २५ : जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन्। बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो...
सोलुखुम्बुका अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे

सोलुखुम्बु, असोज २५ : जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन्। बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो। 

यस वर्षको दसैँ बिदा यही असोज २६ गते फुलपातीका दिन भए पनि अधिकांश कार्यालयका प्रमुख शुक्रबार नै घर गएको सम्बन्धित कार्यायलका कर्मचारीले बताएका छन् । केही प्रमुखबाहेक विभिन्न बहानामा बिदा लिएर घर जाने विगतको प्रथाले यस वर्ष पनि निरन्तरता पाएको छ। 

Hardik ivf

बिदा अगाडि नै कार्यालय छाड्ने प्रमुखमा जिल्ला अदालत, सरकारी वकिल, जिल्ला हुलाक, मालपोत कार्यालय, हुलाक कार्याल, बागवाणी केन्द्र फाप्लु, जिल्ला जनगणना कार्यालय, नेपाल टेलिकम, खाद्य तथा व्यापार कम्पनी लिमिटेड, कोष तथा लेखा नियन्त्रणको कार्यालय, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलगायत कार्यालयका प्रमुख रहेका छन्।

यी कार्यालयका प्रमुखमध्ये अधिकांश आइतबारदेखि कार्यालयमा हाजिर भएका छैनन् भने केही प्रमुख हप्ता दिन अघिदेखि नै अनुपस्थित रहेका छन्। प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीलेसमेत व्यक्तिगत समस्याका कारण कार्यालय प्रमुख घर बिदामा गएका स्वीकारे। कर्मचारी बिदामा बसेको भए पनि सेवा प्रभावित नभएको भन्दै प्रजिअ शाहीले सेवा नै प्रभावित भएको पाइएमा कारवाही गरिने बताए।

सरकारी नियमानुसार तोकिएको दसैँ बिदा असोज २६ देखि ३० गतेसम्म उल्लेख गरिएको छ। बिदा हुनु अगावै कार्यालय छाड्ने र बिदा सकिएको केही दिन ढिला गरी हाजिर हुने चलन रहेको छ। यो प्रथाले तल्लो तहका कर्मचारीलाई बढी जिम्मेवारी दिने र सुविधा कम हुने गरेको स्वयम् कर्मचारी बताउँछन्। रासस
 

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्