Kathmandu Press

हत्याको आरोपमा युवक पक्राउ 

हत्याको आरोपमा युवक पक्राउ 

गुल्मी, असोज २५ : हत्या गरेको आरोपमा गुल्मीमा एकजना पक्राउ परेका छन्।

रेसुंगा नगरपालिका-१३ दुबीचौर बस्ने ६० वर्षीया पार्वती विकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सामान्य विवादका कारण प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकोमा उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो। 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्