Kathmandu Press

उपत्यकाको सुरक्षाका लागि प्रहरीले के गर्दै छ ? 

दशैंका लागि विभिन्न प्रविधि अपनाएर सुरक्षा दिन खोजेका छौँ । आपराधिक घटना हुन नदिनेबारे जनाताले पनि बुझ्नुपर्छ भनेर माइकिङ र पर्चापम्प्लेट वितरण गर्न खोजिएको हो ।
उपत्यकाको सुरक्षाका लागि प्रहरीले के गर्दै छ ? 

काठमाडौं, असोज २६ : दशैंका बेला मदिरा सेवन गरेर झै–झगडा गर्ने सम्भावनालाई ध्यान दिँदै प्रहरीले सुरक्षा बढाएको छ ।

उपत्यकामा सात हजार पाँच सय ५७ प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । जसमा पाँच हजार नौ सय ८६ जनपद प्रहरी, एक हजार हजार चार सय एक ट्राफिक प्रहरी, एक सय ७० सादा पोसाक प्रहरी छन् । 

‘उपत्यकाभर कुनै पनि प्रकृतिको आपराधिक गतिविधि हुन वा गर्न नदिई उपत्यकाको शान्ति सुरक्षाको स्थितिलाई सामान्य बनाइराख्न दशैंका लागि प्रहरी परिचालन गरिएको हो, प्रवक्ता राठौरले भने, ‘शान्त वातावरणमा चाडपर्व मनाउने वातावरण बनाउने प्रहरीको उद्देश्य हो ।’ 

Hardik ivf

चाडपर्वका बेला विभिन्न घटना घट्न सक्ने भएका कारण सुरक्षाका लागि पर्चापम्प्लेट, माइकिङसँगै कुकुर परिचालन गरिने प्रवक्ता राठौरले जानकारी दिए । ‘दशैंका लागि विभिन्न प्रविधि अपनाएर सुरक्षा दिन खोजेका छौँ,’ उनले भने, ‘आपराधिक घटना हुन नदिनेबारे जनाताले पनि बुझ्नुपर्छ भनेर माइकिङ र पर्चापम्प्लेट वितरण गर्न खोजिएको हो ।’

सम्भावित  घटना

प्रहरीका अनुसार, चाडपर्वका बेला निम्नानुसारका घटना हुन सक्छन् ।

० चाडपर्वको समयमा मादक पदार्थ धेरै खरिदबिक्री हुन्छन् । जसका कारण मादक पदार्थ सेवन गरी व्यक्ति तथा समूह–समूहबीच कुटपिटको घटना घट्न सक्छ ।

० जुवातास, लंगुर बुर्जा लगायत खेल खेलाई सामाजिक विकृति बढाउन सक्ने ।

० पकेटमारी, चोरी, लुटपाट, डाँका जस्ता घटना घट्न सक्ने ।

० विभिन्न हातहतियारको प्रयोग गरी आपराधिक घटना घटाउन सक्ने ।

० मादक पदार्थ सेवन गरी सवारी चलाई सवारी दुर्घटना हुन सक्ने ।

० उपत्यकामा स्थायी घर ठेगाना भई अन्यत्र जिल्लाहरूमा बसोबास गर्ने व्यक्तिहरू चाडबाडको समयमा स्थायी घर ठेगानामा आउने हुनाले पुरानो रिसिइबीको कारणले झै–झगडा गर्न सक्ने ।

० चाडपर्वको मौका छोपी उद्योगपति, व्यापारीहरू, राजमार्गमा चल्ने सवारी साधनहरूबाट आर्थिक सहयोगको नाममा जबर्जस्ती चन्दा संकलन गर्न सक्ने ।

० सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानहरूमा हुन सक्ने चोरी, लुटपाट, ठगी र डकैतीजस्ता घटना हुन सक्ने ।

० बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्य हुन सक्ने ।

० इन्धन अभावको कारण देखाइ लामो छोटो दूरीका भाडाका सवारीसाधनले यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कार्य गर्न सक्ने ।

० चाड पर्वको नाममा विभिन्न बहाना बनाई आर्थिक लाभ लिन सक्ने ।

के कस्तो सुरक्षा तयारी अपनाउँदै प्रहरी 

प्रवक्ता राठौरका अनुसार, प्रहरीले उपत्यकामा निम्नानुसार सुरक्षा दिँदै छ ।

० चोरी तथा लुटपाटका घटना बढी हुने क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गर्ने र आकस्मिक रूपमा खान तलासी गर्ने । 

० आवश्यकता अनुसार नागढुंगा फर्पिङ जगाती चेक प्वाइन्ट लगायत नाका, व्यापारिक स्थान तथा अन्य स्थानमा समेत तालिम प्राप्त कुकुरको प्रयोग गरी ‘स्निफिङ’ व्यवस्था समेत गरिने । 

० जुवातास लगायत खेल खेल्न खेलाउन पूर्ण रूपमा निरुत्साहित गर्ने ।

० दिन तथा रातको समयमा एम्बुस राख्ने र आवश्यकतानुसार चेकप्वाइन्ट खडा गर्ने । 

० शंकास्पद व्यक्तिको गतिविधिउपर निगरानी राखी पक्राउ गर्ने र आवश्यक अनुसार अनुसन्धान गर्ने ।

० शक्तिपीठहरूमा आवश्यक अनुसार सादा पोसाक तथा युनिफर्ममा प्रहरी खटाउने । 

० बैंक तथा वित्तीय संस्थाहरूको कारोबार समयका आधारमा सम्बन्धित प्रहरी एकाईबाट सादा पोसाकका प्रहरी खटाउने र आवश्यक अनुसार पिकेट, पैदल गस्ती खटाई सोको मोबाइल गस्तीबाट अनुगमन गर्ने ।

० नियमित प्रहरी परिचालन बाहेक आवश्यक अनुसार सवारीसाधन लगायत विभिन्न स्थानमा आकस्मिक छड्के चेकजाँच गरी आपराधिक प्रवृत्तिका मानिसलाई निरुत्साहित पार्ने र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।

० दशैंतिहार लक्षित आपराधिक घटनाको नियन्त्रणका लागि प्रत्येक प्रहरी एकाईबाट आ–आफ्नो जिम्मेवारी इलाकामा घरदैलो अभियान सञ्चालन गरी सूचना संकलन, सम्प्रेषण तथा सचेतना कार्यक्रम चलाउने । 

० घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने ।

० सुरक्षाका लागि पर्चापम्प्लेट वितरण र मुख्य मुख्य स्थानमा माइकिङ गर्ने ।

० ग्रामीण एरियामा मोबाइल तथा पैदल गस्ती बढाउने ।

० लोकमार्गमा स्थान र समय परिवर्तन गरी ट्राफिक प्रहरी र प्रहरीको संयुक्त चेकिङ गर्ने ।

० टिकट बुकिङ काउन्टरहरूमा यातायात व्यवसायी, ट्राफिक सहितको प्रहरी संयुक्त हेल्पडेस्क राख्ने र यात्रुहरू ठगिन सक्ने कुरालाई ध्यानमा राखी निगरानी गर्ने ।

० होटेल, लज, रेस्टुरेन्ट, पुलहाउसलाई निगरानीमा राखी आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने । 

० ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत प्रभावकारी रूपमा जनचेतना लगायत कार्यक्रम सञ्चालन गर्ने ।

० जनतालाई सुरक्षाको प्रत्याभूति महसुस हुने विश्वासको वातावरण सिर्जना गर्ने ।

० दिन तथा रातको समयमा बढी भन्दा बढी सादा पोसाक तथा युनिफर्मका प्रहरी परिचालन ।

० सेफ्टी पिन कार्यक्रम अनुरूप सार्वजनिक सवारी साधनहरूमा दैनिक रूपमा सादा पोसाकमा छड्के चेकिङ गर्ने ।

० समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप बढीभन्दा बढी सुरक्षा सचेतना कार्यक्रम सञ्चालन ।

० ट्राफिक सहितको चेकिङको सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गरिएको ।

० उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवन सामान्य तुल्याउन र देश–विदेशबाट घर फर्कने र उपत्यका प्रवेश गर्ने चेकप्वाइन्टमा डग स्निफिङ गर्ने ।

० चाडपर्वका अवधिमा विभिन्न पार्टी तथा तिनका भ्रातृ संगठनद्वारा गर्न सक्ने बन्द, हडताल, चककाजाम तथा यातायात अवरोध जस्ता कार्यसम्बन्धी पूर्वसूचना लिई कुनै अप्रिय घटना हुन नदिने ।

० विपदसम्बन्धी हुन सक्ने घटनालाई मध्यनजर राखी तत्काल उद्धारका लागि प्रहरी जनशक्ति स्टेन्डबाई राखिएको ।

० कोभिड– १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी धार्मिक स्थलमा आवश्यक पूजापाठबाहेक अनावश्यक भीडभाड गर्न नगराउन सरोकारवाला निकायसँग समन्वय गरी अनुरोध गर्ने ।
 

प्रकाशित मिति: १०:११ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्