Kathmandu Press

इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने

इलाम, असोज २५ : इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो।इलाम नगरपालिका–९ शेरामा  निर्माण...
इलाममा सामुदायिक कृषि क्याम्पस खुल्ने

इलाम, असोज २५ : इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो।

इलाम नगरपालिका–९ शेरामा  निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो। 

Hardik ivf

आठ सेमेष्टरको चार वर्षे कोर्ष रु चार लाखमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउन अपेक्षा लिइएको छ। पहिलो सेमेष्टरको लागि ४० विद्यार्थी मात्र भर्ना गरिने छ। चार वर्षपछि पूर्णरुपमा क्याम्पस सञ्चालन हुँदा १६० विद्यार्थी हुनेछन्। 

विज्ञान विषय लिई प्लसटु उत्तीर्ण गरेका विद्यार्थी, आइएससी गरेका, सिटिइभिटीइमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएससीएजी पढ्न पाउनेछन्। यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ। अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने छ। 

पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दसैँपछि सम्बन्धनको प्रक्रिया टुङ्गिने बुझिएको छ। क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन अध्यापन गराइनेछ। क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले बेहोर्ने बताइएको छ। 
 

प्रकाशित मिति: ०९:२७ बजे, सोमबार, असोज २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्